बुधबार, ५ वैशाख २०८१

एस्ट्रिक टेक्नोलोजीले ल्यायो वल्ड वार फोर – इण्ड गेम्स

समयपोष्ट २०७८ वैशाख ३ गते १९:००

Advertisement

एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनीले वल्ड वार फोर – इण्ड गेम्स आज एन्ड्रोइड प्लेटफर्ममा गुगल प्ले स्टोर मार्फत सार्वजनिक गरेको छ ।

वल्ड वार फोर – इण्ड गेम्स एउटा यस्तो गेम हो जसमा २०३० को समयको परिकल्पना गरिएको छ । जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र जहाँ युद्धले मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ ।

त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ । जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन् । उनीहरु पनि अझै संयुक्त सरकारको लागि लडिरहेका हुन्छन् ।

गेममा खेलाडीले एक विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ । जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछन् । प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछन् । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छन् । खेलाडीले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।
खेलाडीले कच्चा पदार्थ तथा विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नुपर्नेछ ।

प्रत्येक १०० दिनको एक सिजन,विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास,आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन,वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट यो गेमको मुख्य विशेषता रहेका छन् ।

यो गेम डाउनलोड गर्ने लिंक https://play.google.com/store/apps/details?id=com.worldwar4endgames.ENDGAME रहेको छ ।

यो गेममा सीमित समयको लागि पाँच डलर मूल्य हाराहारी पर्ने ५० गोल्ड नि:शुल्क प्रदान गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री