शुक्रबार, १४ वैशाख २०८१

नयाँ बर्षको अवसरमा सगरमाथा इन्स्योरेन्सले जारी गर्यो “सगरमाथा आरोग्य स्वास्थ्य बिमालेख”

समयपोष्ट २०७७ चैत ३१ गते २०:३९

Advertisement

नयाँ बर्षको अवसरमा सगरमाथा इन्स्योरेन्स कम्पनीले “सगरमाथा आरोग्य स्वास्थ्य बिमालेख” जारी गरेको छ ।

बीमा समितीका अध्यक्ष सुर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले राजधानीमा एक कार्यक्रमको आयोजना गरी उक्त बिमालेख सार्वजनिक गरेका हुन् । क्त कार्यक्रममा बोल्दै बिमा समितीका अध्यक्ष सिलवालले बिमा कम्पनीहरुले यस प्रकारको इनोभेटिभ बिमालेखहरु ल्याएर सेवा विस्तार गरेकोमा धन्यवाद दिए । उक्त बिमालेख डिजिटल माध्यमबाट खरीद गर्न सकिने गरी ल्याएको भन्दै उनले प्रशंशा समेत गरे । उनले कम्पनीलाई प्रचलित ऐन,कानुन र बिमा समितीको निर्देशनहरु पालना गर्दै सस्थागत शुुशासन कायम राखेर बिमा गर्न सुझाव दिए ।

कार्यक्रममा कम्पनीका अध्यक्ष मानन्धरले बिमा दावी भुक्तानीलाई कम्पनीको सफलताको प्रमुख आधार बनाएर काम गर्न,संस्थागत सुशासन कायम गरी बिमा सेवा प्रवाह गर्न व्यवस्थापनलाई निर्देशन दिए । यस बिमालेखबाट सबै वर्गका मानिसहरुले लाभ लिन सक्ने गरी एउटै बिमा लेखबाट तीन प्रकारको जोखिमहरुको सुरक्षणहरुको जानकारी दिए ।

उनले दुर्घटना ,औषधोपचार बिमा र घातक रोग बिमाको लागि बेग्ला बेग्लै बिमालेख लिनुपर्ने अवस्थाको अन्त्य भएको जनाए । उनले आगामी दिनमा नेपाली बजारको आवश्यकताको पहिचान गरी सोही आधारमा नयाँ बिमालेख प्रचलनमा ल्याई बिमा क्षेत्रको विकास र विस्तारमा कम्पनी लाग्ने बताए । उक्त कार्यक्रममा बिमा समितीका कार्यकारी निर्देशक राजु रमण पौडेलले सगरमाथा इन्स्योरेन्सले संसथागत शुशासन कायम गर्दै बिमा क्षेत्रको विकास र विस्तारमा कम्पनी सफल भएको बताए ।

सो कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सगरमाथा आरोग्य स्वास्थ्य बिमालेखको बिशेषताका बारेमा जानकारी गराए । उनले उक्त बिमा लेखमा दुर्घटना बिमाका अतिरिक्त औषधोपचार बिमा र गहन प्रकृतीका घातक रोगहरुको जोखिम एउटै बिमालेखले सुरक्षण गर्ने गरी बिमालेख तयार गरिएको जानकारी दिए । उक्त बिमालेख अन्र्तगत ७ लाख देखि १० लाखसम्म औषधोपचार तर्फ १ लाख देखि २ लाखसम्म, गम्भिर प्रकृतीका १८ वटा रोगका लागि १ लाख देखि १० लाखसम्म जोखिम बहन हुँने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री