बुधबार, १२ वैशाख २०८१

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

समयपोष्ट २०७७ चैत ३० गते १९:१२

Advertisement

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट आज दुईको मृत्यु भएको छ ।

तनहुँ र कास्कीका एक/एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा चैत २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री