बिहीबार, ६ वैशाख २०८१

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

समयपोष्ट २०७७ चैत २९ गते २१:२७

Advertisement

बर्दियाको गेरुवा गाउँपालिका–१ मा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–१ निवासी ६० वर्षीया भुन्टी बोहोराको बगुवा सामुदायिक जङ्गलको किनारमा आज बाख्रा चराउनेक्रममा हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हेमबहादुर शाहीले बताउनुभयो । सो स्थानमा पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री