शनिबार, १५ वैशाख २०८१

सिंगटी हाइड्रोको आइपिओ कहिले हुँदै बाँडफाँट ?

समयपोष्ट २०७७ चैत २६ गते ११:४८

Advertisement

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँट हुने भएको छ ।

चैत्र २५ गते आईपिओको प्रि अलोटमेन्ट गरेर चैत्र शुक्रबार आईपिओ बाँडफाँट गर्ने तयारी गरेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओमा ९ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन बेलुका ५ बजेसम्ममा १६ लाख २३ हजार ४ सय ५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४ सय ५० कित्ताको लागि आवेदन परेको थियो । यो माग भन्दा ९.१६ गुणा बढी हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री