शनिबार, १५ वैशाख २०८१

केन्ट आर.ओ.को नयाँ वर्ष अफर : एल.जी.को कन्भेन्सन माइक्रोवेभ देखि होण्डाको डियो जित्ने अवसर

समयपोष्ट २०७७ चैत २४ गते १९:१९

Advertisement

नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक सीजी अन्तर्गतको ई.ओ.एल.ले नयाँ वर्ष योजना सार्वजनिक गरेको छ ।

केन्टले “स्वच्छ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔँ केन्ट आरओसँग सहर्ष” भन्ने नारासहित अफर ल्याएको हो ।

जसअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा हरेक महिना एउटा एल.जी.को कन्भेन्सन माइक्रोवेभ ओभन, एल.जी.को रेफ्रिजेरेटर, एल.जी.कै एल.ई.डी. टी.भी.र तीन वटा गोदरेज भाइरोशिल्ड जित्न सकिने कम्पनीले जनाएको छ । साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डी.एल.एक्स. मोडलको स्कुटर जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ । २०७७ चैत ८ गते यता कुनै पनि केन्ट आर.ओ. खरिद गर्ने ग्राहकहरूले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

चैत्र ८,यता कुनै पनि केन्ट आर.ओ. खरिद गरेका ग्राहकले मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।
लक्की ड्रमा भाग लिन को लागिः केन्ट आर.ओ.(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सीरियल नम्बर टाइप गरी ३७००१ मा एस.एम.एस. पठाउनुपर्ने छ । यो ग्राहक योजना चैत्र ८, २०७७ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री