शनिबार, ५ जेठ २०८१

चार दिन अघि मात्रै बितेकी थिईन इरफानकी आमा

समयपोष्ट २०७७ वैशाख १७ गते १३:४३

Advertisement

बलिउड अभिनेता इरफान खानकी आमाको चार दिन अघि मात्रै मृत्यु भएको थियो ।

उनकी आमा साइदा बेगमको गत शनिबार मृत्यु भएको हो । उनी ९५ वर्षकी थिइन् । आमो मृत्यु भएको साता दिन पनि बित्न नपाउँदै अभिनेता खानको पनि बुधबार निधन भयो ।

खराब स्वास्थ्य र लकडाउनका कारण इरफान आफ्नी आमाको अन्तिम संस्कारमा उपस्थित भएका थिएनन् । उनका आमा–बुवा दुबै टोंकमा बस्दथे ।

इरफान खान राजस्थानको टोंकको नवाबी खानदानसँग सम्बन्धित थिए । उनको वाल्यकाल पनि टोंकमा नै बित्यो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री