शुक्रबार, १४ वैशाख २०८१

एशियन लाईफका कर्मचारीहरुका लागि १ लाख बराबरको कोरोना भाइरस बीमा

समयपोष्ट २०७७ वैशाख १६ गते १७:१०

Advertisement

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुको कोरोनाभाईरस बीमा गरेको छ ।

कम्पनीले आफ्ना कर्मचारीहरुको एक लाख बराबरको कोरोना भाईरस बीमा गरेको जनाएको छ ।

कम्पनीले उक्त बीमा लेख प्रुुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट जारी गरेको हो । उक्त बीमाबाट कर्मचारीहरुलाई संभावित जोखिम बहन गर्न सहज हुँने विश्वास कम्पनीले लिएको छ । यस बीमा लेख अनुसार कम्पनीका कुनै पनि कर्मचारीको पिसिआर पोजेटिभ देखिए कम्पनीले १ लाख रुपैयाँ भुक्तानी गर्ने छ ।

यसअघि कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सञ्चालक समिती तथा कर्मचारीहरुका तर्फबाट सात वटै प्रदेश सरकार पाँच लाख रुपैयाँका दरले ३५ लाख हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री