सोमबार, ७ जेठ २०८१

हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल भैरहेको प्रधानमन्त्री ओलीको कोरोना प्रवचन भिडियो

समयपोष्ट २०७७ वैशाख ७ गते ११:१७

Advertisement

कोरोना भाइरसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीलाई सिंहदरबारमा दिएको प्रवचनको भिडियो सामाजिक सञ्जालमा अहिले निकै भाइरल भइरहेको छ। भिडियोमा प्रधानमन्त्री ओलीले कोरोनालाई निर्जिव भाइरस भनेर सम्बोधन गरेका छन्।

यस्तो छ ओलीको कोरोना प्रवचन

कोरोना भाइरस भनेको निर्जीव तत्व हो । निर्जीव तत्वमा बोसो (फ्याटिय) तत्वले यसलाई जिवित तत्वका रुपमा सक्रिय गराइदिन्छ। त्यसकारण तातोपानीको बाफ लिने, तातो पानी खाने, चिसोमा बढी जोड नदिने, आइसक्रिमजस्ता कुरा नखाने, हात धुँदाखेरि सकिन्छ भने तातोपानीले धुने, मनतातो पानीले मुख धुने, यो ठूलो विधि हो।

भाइरस छ भने पनि तातोपानीले हात धुने बितिकै त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ। मर्ने होइन। त्यसको जुन जीव तत्वको रुपमा बाहिरी लेयरको बोसोयुक्त तत्व, जसले उपद्रो मच्चाउन सक्थ्यो, त्यो समाप्त हुन्छ।

Advertisement

भाइरस किन मार्न सकिँदैन भन्दा त्यो निर्जीव तत्व हो। त्यसकारण निर्जीव तत्वको गीता ज्ञानतिर जानुपर्ने खतरा हुन्छ (हाँस्दै)। यो निर्जीव तत्व हो। त्यसकारण यसलाई मार्न सकिँदैन। जसको जीवन छैन, त्यसलाई कसरी मार्ने? त्यसकारण यो मर्दैन। यसलाई जीव तत्वको रुपमा सक्रिय गराउने इलिमेन्टहरु छन्। ती इलिमेन्टहरुबाट हामी मुक्त हुने हो।

म साथीहरुलाई भन्न चाहन्छु । मास्कमात्र लगाएर पर्याप्त हुँदैन। मास्क सँगै चश्मा पनि लगाउनुस्। सबभन्दा बढी छिटो सर्ने मुखबाट, त्यसपछि दोस्रो आँखाबाट, त्यसपछि मात्रै नाकबाट सर्छ। आँखाबाट छिटो सर्छ। त्यसकारण भरसक चश्मा लगाउनु वाञ्छनीय हुन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री