शनिबार, २२ वैशाख २०८१

कसैले छुने हिम्मतसमेत गरेनन् सडकमा छरिएका ५ सय भारु

समयपोष्ट २०७७ वैशाख ६ गते ९:२५

Advertisement

भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए ।

कोरोनाभाइरसको डरले त्यो नोट कसैले टिपेनन् । त्यो इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे । त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए ।

वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।

एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री