शनिबार, २२ वैशाख २०८१

धन्यै मरेनछौं बड्डा

समयपोष्ट २०७७ वैशाख ४ गते १०:१९

Advertisement

 

कृष्ण वर्मा

दिन र दशा बिग्रेपछि कसैको केही नलाग्ने रैछ । परिवार, घर र देशको माया लाएर आएको यतिका दिन भो यतै बोर्डरा बस्नु परेको छ । यहाँ कोरोना हो कि सोरोनाले भन्दा पहिला त साथीभाईले नै मार्छन्  कि क्या हो भन्दै एक्लै थन थन गरेका छन् भुमेश्वर । बिहाना ४ बजेको समयमा एक्लै भुन भुन गरेको सुनेर म भित्र जाँदा नुतन भने ठाडा खुट्टा लाएर निस्फिक्री घर घर गरेको सुतेको छ । भुमेश्वरले म गएको चाल पाए पनि केही नबोलेकोले शौचालय गएर आफ्नै कोठामा फर्के ।

भुमेश्वर र नुतन एउटै जिल्लाका मान्छे हुन सायद उनीहरुको निर्वाचन क्षेत्र पनि एउटै होला कि जस्तो लाग्छ अस्ति कुरामा कुरा चल्दा एउटै प्रदेश सभासदको खुब गुणगान गाएका थिए । भुमेश्वर दिल्ली र नुतन पंजाबबाट आएका हुन् भन्थे ।

Advertisement

अर्को दिन बिहान सबैजना उठेर नित्य कर्म गर्दै थिए भने कोही फोनमा बिरक्तिएका बिचारहरु पोख्दै थिए । सबैको एकनासे गुनासो थियो । आज बाचेर उठियो भोली के हो तिमीहरु सुरक्षित रहनु । कसैले छोरा छोरीको बारेमा सोध्दै थिए भने कसैले बृद्ध बा आमालाई । आफू भद्रगोलमा बस्नु परे पनि घरकालाई टाढा टाढा बस्न सुझाउथे, कोही आशु पुछ्दै भन्दै थिए तिमीहरु नेताकोमा गएनौ यसो हामीलाई नेपालसम्म भए पनि ल्याउने ब्यवस्था गर्नु पर्यो । कोही भने सरकार र जनप्रतिनिधीलाई यीनीहरुले मात्रै जिताएको जस्तो गरेर अन्ट सन्ट बोलेका थिए । त्यहा मनमा पीडा भए पनि फरक फरक मानिसका फरक फरक व्यवहार र भाव देखेर मन भुलेको छ ।

म भूवनेश्वर र नुतन भएको स्थानमा गए, भुवनेश्वर भने गमक्क परेर रिसाएका थिए घरी घाटी मुसार्दै थिए भने कहिले नुतन तर्फ आखा तरेर हेर्ने गरेका थिए । उनीहरुको बोल चाल भएको छैन । नुतन भने निस्फ्रि चिया र पाउरोटी खादै गरेको थियो । उसले गरेका कुरा सुन्दा उ सानो तिनो नेता र राजनिती दलका बारेमा बुझेको जस्तो लाग्दथ्यो । कहिले कहिले त उसैले नै हामीलाई छिट्टै यहाँबाट देश फर्काएर बोर्डर एरियाको कुनै क्वारेन्टिना राखिनेसम्मको आश्वासन दिन्थ्यो । बेला बेलामा फोनमा को को लाई फोन गरेर थर्काउने त कहिले मिठो स्वरमा अनुनय विनय गरेको सुन्ने गर्दथ्यौ ।

म भुवनेश्वरको नजिकै जस्तो गएर सोधे मित्र बिहान बिहान के भा थ्यो र भुन भुन गर्नु भएको थियो रु कसले र किन मार्न थाल्यो र यहाँ हजुरलाई यस्तो बेलामा पनि रु किन झगडा भयो र रु अब त यसलाई हामीले हाम्रै घर र परिवार मान्नु शिबाय केही छैन भनेको मात्र के थिए, भुवनेश्वर फेरी रीसले आगो भएर भने कुन्नी के रीस रैछ र हो हाम्रो मित्र नुतनलाई मसँग भन्दै फेरी घाटी मसारे, तर नुतनलाई भने केही अत्तो पत्तो नै छैन । उ बल्ल बोल्यो मित्र मैले हजुरलाई के गरेर मबाट के भो र रु म त्यही अलि अलि घुर्ने बानी छ त्यसैबाट डिस्टर्ब भएको भए सरी है बरु साझ म एक्लै बाहिरै सुत्नु पर्ला । त्यती मात्रै के नुतनले के भनेको थियो भुवनेश्वर जंगिए, राती राती घाटी च्याप्ने अझ अहिले थाहा नपाए जसरी बोल्ने भन्दै कुर्लिन थाले । तर नुतन भने चुप्प लागेर भुवनेश्वरका कुरा सुन्दै थिए ।

 

कहिले घर फोन गर्यो घरका रुन्छन कहिले यताको बिजोग देख्यो यतै तनाब । धन्न सबै जना छौ र आशा र भरोशाले बाचेका छौं कि नेतालाई अर्को चुनाबलाई बाचेका छौ अत्तो पत्तो छैन ।

भुवनेश्वरले भन्दै थिए म अलि बुढो मान्छे चिन्ताले हो कि क्यो दिन ४ निद्रा लागेन तर आजकल त छिट्टै सुते उनी भने राती सम्म फोनमा परिवार र को को हो को को सँग कुरा गर्दै थिए । झन आफ्नै क्षेत्रको मान्छे भनेर सँगै एउटै बिस्तारमा सुतेको झण्डै मारेनौ । करिब २/३ बजेको हुँदो हो म पनि बिउझने सुरमा रहेछु भने उनी कतिखेर सुतेका हुन थाहा भएन । उनी निद्रामा बडबडाउदै गरेको अलि अलि सुन्दै थिए एक्कासी मेरो घाटी अठ्ठाएर धन्नै मारेनन् । बल्ल बल्ल हात छुटाएर उठेर तपाईले देखेको ठाउँमा बसेको हुँ, अरु कसैले पनि थाहा पाएनन । त्यस पछि म सुत्नै सकिन र सुतेको पनि छैन चिन्ता र डर मात्रै लागेको छ ।

ए ! बड्डा लाई पनि मैले किन पो मार्थे र मार्न पाए त हाम्रै नेतालाई पो मार्थे नि बरै । कुरो त्यसो पो हो भनेर नुतनले पहिले भुवनेश्वरको घाटी हेर्दै सरी भन्दै हास्दै धन्न बाचेछौ बड्डा, एक छिन नउठेका भए त मर्थ्यौ होला पनि कम्ता रीसमा थिए म । तिमीले पो मेरो सपना ध्वस्त पारिदिएछौ नि बड्डा भन्दै गलल हास्यो । मैले त हाम्रो नेताको पो घाटी अठ्ठाए भनेको त हजुरको पो परेछ, भन्दै हासेर भन्दै गयो । हेर्नुस हामी सबैलाई तनाबै तनाब छ, मलाई पनि नहुने कुरा भएन, कहिले घर फोन गर्यो घरका रुन्छन कहिले यताको बिजोग देख्यो यतै तनाब । धन्न सबै जना छौ र आशा र भरोशाले बाचेका छौं कि नेतालाई अर्को चुनाबलाई बाचेका छौ अत्तो पत्तो छैन ।

हिजो राती सम्म निद्रा लागेन, धेरै जसो नेता र तिनका अरौटे भरौटेहरुलाई फोन गरे, फोन गर्दा उनीहरुले यहाँ त ल्याउन सकिन्न उतै बसाऔ, हामीले त यहाँ पहल गरेका गर्यै छौ सरकारले नै निर्णय गर्यो, सरकारले अदालतले निर्णय गर्दा त मानेन भन्दै पन्छिने मात्रै कुरा गरे । त्यस पछि म केही समय खेलाए, कहिले हामीलाई लैजान तछाड मछाड कहिले वास्ता न पास्ता यस्तो पनि हुने रहेछ बरै भन्दै सोच्दै थिए । म नेपालमा हुने कुनै चुनाबमा पनि छुटेको छैन, स्थानीय, संसीय, प्रदेश हरेक चुनाबमा म आफ्नै पैसामा मानिस लगेर भोट खसाल्न गएको छु । चुनाबताका मलाई माया गरि गरि दिनको १।१ घण्टामा फोन गर्ने नेताले अहिले फोन गर्दा फोन रिसिभ नगर्ने गरे पनि झारो टार्ने कुरा गर्ने यस्तै गर्दा अलि रीस उठेको थियो ।

हामी प्रदेश भारतमा गुलाम गर्नेहरुलाई त के ल्याउन पहल गर्नु भयो होला र हजुरहरुले त चाईना, अमेरिका, अष्ट्रिलिया लगायत अन्य विकसित देशमा गएका र चुनाबमा नआए पनि हुनेहरुलाई पो प्लेन पठाएर ल्याउन पहल गर्नु भयो ।

कति खेर झुपुक्क भएछु थाहै पाईन । सुते पछि मैले सपना देखे सपनामा के देखे भन्दा हाम्रो भन्ने कसको देश हो नेपालमा हामी यहाँबाट यो कोरोना रोग साम्य भए पछि पुगेका रे, त्यहाँ फेरी पनि चुनाब आएको रे । चुनाबमा मलाई फोन सम्पर्क गर्दा रहेछन । यही सीमा क्षेत्रमा अब्यवस्थित किसिमले हामीलाई सरकारले राख्ने ब्यवस्था गरेबाट म मा राजनिती प्रति बितृष्णा पैदा भएको रे, अनि संयोगबश चुनाबी सभामा म कसरी हो त्यहा पुगेको रहेछु, त्यहाँ पुग्दा सधै सरकारको वरिपरी रहने मन्त्रीले भाषण गर्दै रहेछन त्यहाँ जनमानस थुप्रै तर मलाई उनको अनुहार हेर्न मन नलागेर बाहिर आएर बसेको रहेछु । भाषण र कार्यक्रम सकेर फर्किदै गर्दा म भएको स्थानमा ती नेता आए, आए पछि मलाई नमस्ते गरे तर मैले भने उनी प्रति वास्ता गरेको थिईन त्यस पछि सोध खोज हुदै गर्दा फेरी चुनाब आएको र चुनाबमा हामीहरु प्रवासबाट उनीहरुको लागि नोकरी छोडेर आउन आग्रह गर्दै थिए । म भने बोलेको थिईन, उनी बोल्दै गएका थिए, उनका आसेपासेले पनि दाईले त यस्तो गर्नु भयो, उस्तो गर्नु भयो, अब उहाँले जिते तपाईहरु जस्ता बिदेशिनु पर्दैन, उती बेला लकडाउनको बेलामा पनि दाईले गर्दा त हो नि तपाईहरुले नेपालमा आउन पाउनु भएको, यति भन्दै गर्दा फेरी नेताले भने म तपाईहरुलाई लिउन बोर्डरमा गए, सरकारसँग कुरा गरे पहिल्यै लिउन सकिन, तर ढिला चाढो मैले ल्याउने पहल गरे । त्यती भन्दै गर्दा मैले भनेछु तपाई हरुले त हामीलाई यी ‘ल्याउनु भयो, अति भएछ र अश्लिल पनि बोले, हामी प्रदेश भारतमा गुलाम गर्नेहरुलाई त के ल्याउन पहल गर्नु भयो होला र हजुरहरुले त चाईना, अमेरिका, अष्ट्रिलिया लगायत अन्य विकसित देशमा गएका र चुनाबमा नआए पनि हुनेहरुलाई पो प्लेन पठाएर ल्याउन पहल गर्नु भयो ।

हामीलाई पनि तपाई जत्तिकै देशको माया छ, परिवारको माया छ, हामी मरे पनि हाम्रै माटोमा मर्न चाहन्थ्यौ, हामीलाई देश र माटोको मायाँ थियो, तर तपाईहरुले हामीलाई बिदेशी भूमीमा अलपत्र पार्नु भयो, हामी कसरी बाच्यौ कि भगवानलाई थाहा होला, कि हामीलाई । हाम्रो त तपाईहरुलाई भोट र हाम्रो पसिनाले आर्जेको रेमिट्यान्स मात्र त चाहिने हो नि, र जितेर गए पछि भ्रष्ट्रचार केही गर्न सक्नु हुन्छ भन्दै मैले रीस पोख्दै थिए, नेताले भन्दै थिए, होईन आवेशमा नआउनुस हाम्रो बाध्यता थियो, तपाईहरुलाई ल्याउन नचाहेको कहाँ हो र ल्याउदा पनि यहाँ पनि समस्या हुने, हामीले दुई पक्ष वार्ता गरेर तपाईहरुलाई त्यहाँ राखेको हो अब त्यस्तो हुन्न ।

हामीले तपाईहरुलाई देश र जनताको उन्नती प्रगती गर्न जिताएका हौ न कि तपाई र तपाईको परिवारको उन्नती र प्रगती गर्न, तपाईले के को कमाईले शहर बजार हुदै काठमाण्डौमा घर घडेरी किन्नु भो, तपाईहरुले कात्रो किन्दा सम्म पनि भ्रष्ट्रचार गर्ने, जागिर आयो भने स्वास्नी छोरा छोरीलाई लगाउने

 

मैले भने पहिला पनि त्यही भन्नु भयो रोजगारी दिन्छु, भ्रष्ट्रचार शुन्य पार्छु, शुसासन कायम गर्छु, कृषिलाई महत्व दिन्छु जस्ता कम्ता आश्वशन दिनु भा थ्यो अब त तपाईका लागि केही गर्नेवाला छैन भनेर मैले भने, तर उनले हामीलाई त्यस्तो दोष नदिनु हामी तपाईहरु र देशको लागि राजनितीमा लागेका छौ, हामीले गर्न धेरै बाँकी छ, हामीलाई साथ दिनु भनेर,मैले भने तपाईहरुलाई हाम्रो भोट भ्रष्ट्रचार गर्ने लाईसेन्स भो, हामीले तपाईहरुलाई देश र जनताको उन्नती प्रगती गर्न जिताएका हौ न कि तपाई र तपाईको परिवारको उन्नती र प्रगती गर्न, तपाईले के को कमाईले शहर बजार हुदै काठमाण्डौमा घर घडेरी किन्नु भो, तपाईहरुले कात्रो किन्दा सम्म पनि भ्रष्ट्रचार गर्ने, जागिर आयो भने स्वास्नी छोरा छोरीलाई लगाउने, एउटा जाबो निजी सचिव त चुनाबमा तपाईको लागि मरिमेट्ने एउटा गरिब कार्यकर्तालाई नदिएर आफ्ना परिवार भित्रका राख्नेले कही देश विकास गर्नु हुन्छ, तपाईहरुले देश खाने बाहेक जनतालाई केही गर्नु हुन्न के के हुन के के भन्दै थिए, त्यती भन्दै गर्दा उसका भरौटेले मलाई गाली गरि रहेका थिए भने नेता बढी नबोल्नुहोस है जसको देशमा केही हैसियत नभएर बिदेशमा गएर अरुको नोकर हुनेले मसँग आखामा आखा जुधाएर कुरा गर्ने हैसियत राख्ने मात्र के भनेका थिए मलाई अति खन्न रिस उठ्यो र मार्छु भनेर नेताको गर्द्धन पर्किन पुगेछ, तर यो सपनामा झम्टिदा त हजुरको गर्धन पक्रन पो पुगेछ माफ गर्नु होला के गर्ने देशको राजनितीले हामीलाई यहाँ सम्म पो पुर्याएछ, मित्र सरी अब साँझ देखि म एक्लै सुत्छु । कमसे कम सपनीमा भए पनि रिस पोखेछु, तर उसको गर्धन हुन पर्नेमा हजुरको भएकोमा माफ चाहन्छु ।

यति मात्र नुतनले के भनेको थियो, भुवनेश्वर प्रफुल्ल पो भए, किन हो अनि अघि सम्म त बढो रिसाउनु भएको थियो भनेको त, भन्दै थिए कमसे कम हामीलाई यत्रो बेजेग पार्नेलाई सपनामा भए पनि गर्धन पक्डिन पुगेछौ धन्यवाद । विपनामा पनि यस्तो गर्न सके र ठेगाना लाउन सक्ने हो भने मात्र हामी नेपालीको मतको कदर हुन्छ नत्र हुदैन तर मैले भने बलले होईन बुद्धीले जित्नु पर्छ, हामीसँग भएको जनमतको सही सदुपयोग गर्नु पर्छ भन्दै खाना खान लाग्यौ ।

धुर्कोट, पिपलधारा, गुल्मी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री