आइतबार, २३ वैशाख २०८१

कोरोनाबाट नागरिकलाई बचाउन सडकमा ‘भूत’ ! (भिडियो)

समयपोष्ट २०७७ वैशाख २ गते ८:३६

Advertisement

सरकारले कोरोना भाइरसको संक्रमणबाट नागरिकलाई बचाउन देशभर लकडाउन गरेको छ ।

अमेरिकादेखि युरोप हुँदै एसियाका विभिन्न देशहरुमा अहिले लकडाउन गरिएको छ । नागरिकहरु घर बाहिर ननिस्किउन र कोरोनाको संक्रमण नहोस् भन्ने उद्देश्यले लकडाउन गरिएको हो । तर नागरिकहरु सरकारको निर्देशन पालना नगरी लकडाउनको उलंघन गरिरहेका छन् । नेपालमा पनि लकडाउनको अवज्ञा गर्नेहरुलाई प्रहरीले सम्झाउन बुझाउने र पनि नमान्दा सडकमा घण्टौं उभ्याउने नीति लिएको छ ।

त्यस्तै भारतमा प्रहरीले उठबस गराउने देखि डण्डाले पिट्ने दृष्य पनि हामी सञ्चार माध्यमहरुमा देख्ने गरेका छौं । तर एसियाली राष्ट्र इन्डोनेसियामा भने मानिसहरुलाई घरभित्रै राख्न सडकमा ‘भूत’ छोड्ने गरिएको छ । सुन्दा अचम्म लाग्यो होइन ? हो, जति गर्दा पनि मानिसलाई घरभित्रै राख्न नसकेपछि जाभा द्विपको केपुह गाउँमा भूतहरुले पेट्रोलिङ गर्न थालेका छन् ।

पुराना अन्धविश्वासको साहारामा मानिसहरुलाई घरभित्रै राख्न यस्ता खालको कदम चालिएको हो । ‘हामीहरू केही फरक गर्न चाहन्थ्यौं र निवारक असर पनि पार्न चाहन्थ्यौं किनकि पोकोङ (भूत) तर्साउने खालका हुन्छन्,’ प्रहरीसँग समन्वय गर्ने ग्रामीण युवाहरूको समूहका प्रमुख अन्जर पनचानिङत्यासले बताए । कोरोनाभाइरस फैलिँदै जाँदा सामाजिक दूरी प्रवर्द्धन गर्न यो अभियान चलाइएको हो ।

Advertisement

स्थानीय रूपमा त्यस्ता भूतहरूलाइ पोकोङ नामले पुकारिन्छ । मान्छेहरू मरेपछि उनीहरूको आत्मा पोकोङ बनेर आउने यहाँ प्रचलित किम्वदन्तीमा पाइन्छ । तर शुरूमा यस्ता भूत खटाउँदा उल्टो असर परेको थियो । मानिसहरू भूत हेर्न घरबाट बाहिर निस्कन थाले । त्यसपछि अभियन्ताहरूले यसमा परिवर्तन ल्याउँदै भूतहरूलाई गश्ती गर्न लगाउने र बाहिर निस्कने मानिसलाई तर्साउनका लागि सुइयँ आएर फुत्त भाग्ने रणनीति ल्याए ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले कोरोनाभाइरस रोक्नका लागि राष्ट्रव्यापी बन्दाबन्दी लगाउन मानेका छैनन् । त्यसको साटो उनले मानिसहरूलाई सामाजिक दूरी कायम राख्न र स्वस्थ भएर बस्न आग्रह गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री