शनिबार, २२ वैशाख २०८१

राहत : एक पोके चौध हात

लघुकथा

समयपोष्ट २०७६ चैत २९ गते १३:११

Advertisement

कृष्ण प्रसाद आचार्य

आज त मलाई अचम्म लाग्यो । विगत स्मरण गरे । त्यो बेलामा मैले एक अद्भूत फिलिम हेरेको थिए । जसको नाम थियो दो आँखे बाह्र हात ।जून फिलिम सामाजिक परिवेशको लागि एउटा नौलो आयाम थियो । जसले मानव मष्टिकलाई सोच्न बाध्य बनाउथ्यो ।

हो आज मलाई त्यही स्मरण भयो । कोरोनाको महाप्रलयले बिश्वमा हलचल ल्याएको छ । यो कोरोना भाइरसका कारण धेरै मानिसले मृत्यूवरण गरेका छन् । चिनबाट फैलिएको यो भाइरसले चारपाँच ओटा देश बाहेक सबैमा असर गरेको छ । धन्न धन्न लाखौ मान्छेले मृत्युु बरण गरेका छन् । तीन / चार लाखलाई यो रोगले संङ्कमण गरेको छ । यो दिनगुना रात चौगुना जसरी फैलिदै छ ।

यसले नेपालमा पनि व्यापक असर गर्ला भनेर देशभरी नै सरकारले लकडाउन गर्यो । गाडी चल्न छोडे । उद्योगधन्दा सबै बन्द भए । व्यापार सबैं ठप्प भयो । लामो समयको लकडाउनले काम गरेर खाने श्रमिकहरुलाई असर गर्यो । उनीहरुले खान न पाएर भोकभोकै बस्न परेको समाचारहरु आउन थाले ।

Advertisement

सरकारले श्रमजीवी जनताका लागि रासनपानी दिन राहत प्याकेज ल्यायो । प्रत्येक वडामा पैसा पठाइ श्रमजीवी जनतालाई राहत बाँड्न अनुरोध गर्यो ।

वडाले माथिबाट आएको पैसाबाट राहत बाँड्ने ब्यवस्था गर्यो । दैब संयोगले म पनि पुगे । बडा अध्यक्षले भने ।

राहत बाँड्ने काम सुरु भयो । त्यहाँको गण्यमान्यले भने । हामी नाम बोलाउँछौं । नाम बोलाएपछि आउनु होला ?

ल भाइ दिनेश हामी राहत दिन्छौ तिमी फोटो खिच ?

हस सर भन्दै केटो मोवाइल लिएर फोटो खिच्न तयार भयो । उनीहरुले राहत बाँड्न थाले ।

पहिलो नम्बरमा नरबहादुरको नाम आए पछि ऊ अगाडि गयो । ऊ गएपछि एक पोको सामान अगाडि आयो । वडाका गण्यमान्य छ जनाले दान गर्नका लागि पोको समातेर बसे । राहत लिनेले पनि केहीबेर पोको समायो । पछि उसलाई तत्सत भन्दै बुझाए ।

त्यो देख्दा मलाई विगतको फिलिमको सम्झना भो । दो आँखे बाह्र हात । मनले सोचे। अहिलेको यो राहत पनि त्यस्तै ।
“एक पोके चौध हात ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री