बिहीबार, १५ चैत २०८०

मालीको सैनिक अखडामा भिषण हमला, २३ सैनिकको मृत्यु

एएनआई २०७६ चैत २५ गते १७:०७

Advertisement

अपरिचित बन्दुकधारीहरुको हमलामा परी अफ्रिकी मुलुक मालीको उत्तरपूर्वी गाओ क्षेत्रको एक सैनिक अखडामा रहेका २३ जना सैनिकको हत्या भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै संचार माध्यमहरुले जनाएका छन् ।

बाम्बा शहरको नाइजर नदीको किनारामा रहेको सैनिक अखडामा उक्त हमला भएको थियो । कार र मोटरसाइकलमा चढेर आएका भारी हातहतियारबाट सुसज्जित अज्ञात आक्रमणकारीले शहरमा आक्रमण गरेका थिए ।

स्थानीय संचार माध्यमले स्थानीयबासीमाथि भने उक्त समूहले आक्रमण नगरेको बताएका छन् ।

कोरोनाभाइरसका कारण माली सरकारले स्वास्थ्य आपतकाल घोषणा गरेकै बखत यस्तो आक्रमण भएको छ । मुलुकमा हालसम्म ४५ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री