शुक्रबार, ७ वैशाख २०८१

अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु

समयपोष्ट २०७६ चैत २३ गते ८:३९

Advertisement

अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु भएको छ ।

मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको हो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेको जनाइएको छ ।

त्यस्तै झण्डै १९ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेन बिष्टको पनि सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । विगत एकसातादेखि बिरामी रहेका उनको शव भने प्रहरीलेनै दाहसंस्कार गरिसकेको जनाइएको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री