शनिबार, १५ वैशाख २०८१

एशियन लाईफ इन्स्योरेन्स लि. १३ औं वषर्मा प्रवेश, यस्तो छ बित्तिय झलक

समयपोष्ट २०७६ चैत २१ गते १६:४०

Advertisement

विगत १२ वर्षदेखि निरन्तररुपमा उत्कृष्ट जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको यस एशियन लाईफ इन्स्योरेन्स कं. लि.ले आज चैत २१ बाट संचालनको १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्नमा ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु तथा नियामक निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लि. ले दर्शाएको विश्वास तथा सद्भावप्रति हार्दिक आभार प्रकट गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले आगामी दिनमा अझ सुदृढ, सरल र विश्वसनिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्पनीले चालू आ.व.(फाल्गुन मसान्तसम्म)मा कूल रु.२ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको बिक्रीबाट आ.व. ७६/७७ को फाल्गुनसम्ममा कूल बीमाशुल्क रु.२१ अर्ब ६० करोड संकलन गरेको छ । कम्पनीको कूल लगानी रु.२१ अर्ब र जीवन बीमा कोष रु.२० अर्ब रहेको छ । कम्पनीको रु. ५ अर्ब अधिकृत पूँजी र रु.२ अर्ब १ करोड चुक्ता पूँजी रहेको छ । देशैभर रहेका १३६ वटा शाखा÷उपशाखा मार्फत् कम्पनीले बीमितलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म म्यादी, सावधिक तथा आजीवन बीमालेख सहित २१ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको यस कम्पनीले हालै ‘एशियन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ समेत सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष ५ प्रतिशतको दरले बीमांक रकम फिर्ता पाउनुको साथै बीमा अवधीको समाप्तीमा बाँकी बीमांक र आर्जित बोनश एकमुष्ठ पाउने सुविधा रहेको छ ।

हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनको लागि नेपाल सरकारले ’लक डाउन’ को घोषणा गरेको कारण बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि कम्पनीले देहायको व्यवस्था गरेको जनाएको छ ।

१) हाल भुक्तानी गर्नु पर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा ब्याज नलाग्ने व्यवस्था गरिएको जानकारी गराउँदछौं । (श्री बीमा समितिको निर्देशन, मिति २०७६।१२।२०)

२) तिर्न बाँकी नियमित बीमा शुल्क ई सेवा को वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिनेछ ।

३) नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर एनआइसी एशिया बैंक लि. मा रहेको यस कम्पनीको खाता नं. २९४१०००६८७५२४०५२ मा अनलाइन ट्रान्सफर वा बैंकको शाखाबाट पनि जम्मा गर्न सकिनेछ ।

४) बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012 वा 9801150015 मा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री