शुक्रबार, १४ वैशाख २०८१

बिना लक्षण एकै परिवारका चार जनामा कोभिड-१९ पोजेटिभ !

समयपोष्ट २०७६ चैत २० गते १५:२१

Advertisement

कुनैपनि लक्षणबिनानै एकै परिवारका चार जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । दार्जिलिङको कालेबुङमा एकै परिवारका चार जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

कालेबुङमा एक महिलाको गत सोमबार मृत्यु भएको थियो । उनको मृत्यु पश्चात परिवारका अन्य सदस्यको स्वास्थ्य परीक्षण गर्दा चारै जनामा कोभिड-१९ पोजेटिभ देखिएको बताइएको छ ।

परीक्षण गरिएका चारै जनामा कोरोना भाइरसको कुनै पनि लक्षण देखिएका थिएनन् । यद्यपि उनीहरुमा गरिएको परीक्षण रिपोर्ट बुधबार पोजेटिभ आएको उत्तर बंगाल मेडिकल कलेजले पुष्टि गरेको छ ।

हाल उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखा पर्ने चिकित्सकहरुले बताउदै आएका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री