आइतबार, ६ जेठ २०८१

विवाह भएको चार महिना नबित्दै प्रियंका र निकको सम्बन्धविच्छेद !

समयपोष्ट २०७५ चैत १७ गते ११:५०

Advertisement

करीब चार महिना अगाडीमात्र अमेरिकी गायक निक जोनस र बलिउड अभिनेत्री प्रियंका चोपडा विवाह बन्धनमा बाँधिए । विवाह भएको यति सर्ट पिरियडमै यि दुईबीचको समबन्धमा टक्राव आएको खबर छ ।

एक भारतीय म्यागाजिनका अनुसार यी दुईको बीच आजभोलि मनमुटाव सुरु भएको छ । र दुवैले छुट्टिने निर्णय लिने सोचमा रहेको बताइएको छ । सुत्रको अनुसार उनीहरुको बीचमा हरेका कुरामा लडाईं झगडा सुरु भएको छ । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार उनीहरुको झगडाको पछाडि हतारमा विवाह हुनु हो ।

सुत्रको भनाईलाई उद्धृत गर्दै पञ्जाव केशरीले लेखेको छ, निकले विवाहअघि प्रियंका समझदार युवती भएको महसुस गरेपनि विवाहपछि उनको व्यवहार ‘कन्ट्रोलिङ’ भएको आरोप लगाएका छन् ।

यद्यपि, प्रियंका निकट साथीभाईले यो समाचार हल्ला मात्रै भएको उल्लेख गरेका छन् । उनीहरु सुखी जीन्दगी विताइरहेको उनीहरुको दाबी छ । उनीहरु यतिबेला जोनस परिवारसँग मियामीमा छन् ।

Advertisement

उमेरमा प्रियंका निकभन्दा दश बर्ष जेठी छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री