शनिबार, २२ वैशाख २०८१

यी गुण भएकी नारी जसले परिवारमा भित्राउँछिन् सुख र समृद्धि

समयपोष्ट २०७५ चैत १४ गते १७:०१

Advertisement

घरलाई कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा नारीको हातमा हुन्छ । एउटी नारी राम्रो आचरण ,गुण ,शिल ,स्वभाव भएकी छे भने त्यो घर स्वर्ग जस्तै हुन्छ । हिन्दु धर्म शास्त्रमा पनि नारीका यस्ता गुणबारे चर्चा गरिएको छ ।

> जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली-ब्यवहार दर्शाउँछिन् ।

> आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।

> जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।

Advertisement

> जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।

> अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।

> घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो-मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी

> जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।

> बिहान-साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।

> पतिव्रत धर्मको पालना गर्ने नारी ।

> धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री