आइतबार, ६ जेठ २०८१

ल हेर्नुहोस् आयुष्मान र प्रियंकाको विवाह

समयपोष्ट २०७५ चैत १४ गते १५:०१

Advertisement

 

 

 

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुश्मान देशराज जोशीले बिवाह गरेका छन् । केही समय अगाडी मात्र इन्जगेजमेन्ट गरेको यो जोडीको यो विवाह साँचो भने होइन ।

Advertisement

उनीहरुले गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियोका लागि यो विवाह गरेका हुन् । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

फिल्ममा प्रयोग हुने प्रविधिबाट पार्क भिलेज रिसोर्ट, काठमाडौं गेष्ट हाउसलगायतका स्थानका आकर्षक लोकेसनमा भिडियो छायाँकन गरिएको छ ।

रियल विवाहको मिति भने उनीहरुको अहिले फिक्स भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री