आइतबार, ६ जेठ २०८१

निता अम्बानीले बुहारीलाई दिइन् संसारकै महंगो उपहार

समयपोष्ट २०७५ चैत १२ गते १६:३९

Advertisement

मार्च ९ तारिखमा भारतीय धनाढ्य व्यापारी मुकेश अम्बानी र निता अम्बानीका छोरा आकाश अम्बानीको श्लोका मेहतासँग विवाह भयो । श्लोका हिरा व्यापारी रसल मेहताकी छोरी हुन् ।

विवाह पश्च्यात मुख हेर्ने कार्यक्रममा निता अम्बानीले बुहारीलाई निकै महंगो उपहार दिएकी छिन् । वुमन्स इराको रिपोर्ट अनुसार अम्बानीले बुहारीलाई तीन अर्ब भारु पर्ने हिराको हार उपहारस्वरुप दिएकी हुन् ।

खबरका अनुसार निता अम्बानी बुहारीलाई केही भिन्न कुरा दिन चाहन्थिन् । विभिन्न सामान हेरेपछि निताले श्लोकाका लागि तीन अर्ब पर्ने हिराको हार छनोट गरेकी हुन् ।

निता अम्बानीका अनुसार पहिला उनी परिवारको पुर्ख्यौली हार बुहारीलाई भेटको रुपमा दिने सोच बनाएकी थिइन् ।

Advertisement

अम्बानी परिवारमा यो पुर्ख्यौली हार निकै अघिदेखि नयाँ पीढिलाई हस्तान्तरण हुँदै आएको छ । परम्परा अनुसार घरकी जेठी बुहारीले यो गहना बचाएर राख्नुपर्छ ।

निता अम्बानीले उक्त सुनको नेकलेस आफ्नी सासुबाट पाएकी थिइन् र उनले बुहारीलाई पनि त्यही दिने सोच बनाएकी थिइन् । पछि निताले आफ्नो यो योजना परिवर्तन गरिन् । निताले पुर्ख्यौली हारको साटो श्लोकालाई संसारकै सबैभन्दा महँगो हिराको हार दिने निर्णय गरेकी हुन् ।

यस्तै, श्लोकाकी नन्द अर्थात् इशा अम्बानीले पनि आफ्ना भाइ बुहारीलाई एक आलिशान बंगला उपहारमा दिएकी छिन् । श्लोका र आकाशको विवाह निकै भव्य कार्यक्रमकाबीच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री