आइतबार, ६ जेठ २०८१

ज्याकलिन र मल्लिकासंगको किस बारे यसो भन्छन् इमरान

समयपोष्ट २०७५ चैत १२ गते १५:१४

Advertisement

अभिनेता इमरान हास्मीले ज्याकलिन फर्ना्न्डिससँगको किस सबैभन्दा सुन्दर भएको बताएका छन् । करण जोहरको शोमा उनले उक्त कुरा बताएका हुन् ।

सिरियल किसरको ट्याग लागेका इमरानलाई सोधिएको थियो, ‘फिल्ममा सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो किस को–को अभिनेत्रीसँग भएको थियो’ ? उनले भनेका थिए, ‘मर्डर २’ मा ज्याकलिन फर्ना्न्डिससँग मेरो सबैभन्दा सुन्दर किस भएको थियो ।’ उनले सबैभन्दा नराम्रो किसचाहिँ मल्लिका सेरावतसँग भएको बताएका थिए ।

इमरानले २००३ मा फुटपाथ फिल्मबाट बलिउड यात्रा सुरु गरेका थिए । अहिलेसम्म उनले ३५ फिल्ममा अभिनय गरिसकेका छन् । उनले सुरुमा बलिउडमा फरहान हासमी नाममा करिअर अघि बढाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री