आइतबार, ६ जेठ २०८१

‘छपाक’मा यस्तो रुपमा देखिदै छिन् दीपिका, प्रशंसकले के भने ?

समयपोष्ट २०७५ चैत १२ गते १४:५९

Advertisement

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण नयाँ चलचित्रमा नयाँ रुपमा देखिने छिन् ।

भर्खरै मात्र उनी अभिनित चलचित्र ‘छपाक’को पोस्टर सार्वजनिक भएको छ । चलचित्रको पोस्टर सार्वजनिक भएसँगै दीपिकाले चौतर्फी प्रशंसा बटुलेकी छन् । भारतीय ट्वीटर संजालमा यतिबेला ह्याट्याग ‘छपाक’ टे्रन्डिङमा आएको छ ।

मानिसहरुले दीपिकाको चलचित्र आवरणको प्रशंसा गरिरहेका छन् । फेसबुक तथा ट्वीटरमा ‘दीपिकालाई सलाम छ’ भनेर शुभकामना दिइएको छ ।

चलचित्र छपाकमा एडिस आक्रमण पिडितहरुको कथालाई समेटिएको छ । चलचित्रको निर्देशक मेघना गुलजार हुन् । चलचित्रमा दीपिकाले एक एसिड आक्रमण पिडितको भूमिका निर्वाह गरेकी छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री