आइतबार, ६ जेठ २०८१

प्रियंकाको सौतेनी आमासंगको सम्बन्ध देखावटी कि रियल ? हेर्नुहोस् तस्विर

समयपोष्ट २०७५ चैत १२ गते १२:०१

Advertisement

नायिका प्रियंका कार्कीकी सौतेनी आमा अंगु कार्कीको सोमबार जन्मदिन । सौतेनी आमाको जन्मदिन मनाइरहेको तस्विरहरु नायिका कार्कीले फेसबुकमार्फत सार्वजनिक गरेकी छिन् ।उक्त तस्विरहरु हेर्दा लाग्छ कि उनीरुको सम्बन्ध निकै आत्मिय छ ।

प्रियंकाले आफ्नो फेसबुक पेजमा अंगु कार्कीलाई जन्मदिनको शुभकामना लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाईं एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो सुन्दर परिवारलाई एक बनायो । एउटा यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबीचको सम्बन्ध मायाले बाँधिएको छ । नुनु, तपाईंलाई जन्मदिनको शुभकामना । मलाई हामीबीचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’अंगुको जन्मदिनको कार्यक्रममा प्रियंकाका प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी पनि उपस्थित थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री