शुक्रबार, २१ वैशाख २०८१

सफल हुन चाहनुहुन्छ ? चारणक्य नीतिका अनुसार यस्ता तीन मनुष्यबाट सधै जोगिनुहोस्

समयपोष्ट २०७५ चैत ८ गते १६:३४

Advertisement

चाणक्य नीतिको पहिलो अध्यायको चौथो श्लोकमा सफलताको सुत्र बताइएको छ। जहाँ यस्ता तीन मनुष्यको बारेमा चर्चा गरिएको छ जसले सधैँ सफलता प्राप्त गर्ने बाटो रोकिदिन्छन् । चाणक्य नीतिका अनुसार सफलता प्राप्त गर्न चाहनेले यस्ता ब्यक्तिबाट सधै जोगिनुपर्छ । त्यस्ता ब्यक्ति घर अफिस जहाँ पनि हुनसक्छन् ।

मूर्खशिष्योपदेशेन दुष्टस्त्रीभरणेन च ।
दुःखितैः संप्रयोगेण पण्डितोऽप्यवसीदति

चारणक्य नीतिको माथिको श्लोकमा मुर्ख शिष्यलाई कहिले पनि उपदेश दिन नहुँने भनिएको छ । यसको अर्थ मुर्खलाई सम्झाउन अथवा सिकाउनतीर लागेर समय बर्बाद नर्गदानै उचित हुन्छ । यसले आफैलाई नोक्सानी पुर्याउछ ।

चाणक्य नीतिका अनुसार दुष्ट स्त्रीसंग पनि सधै टाढै रहनु उचित हुन्छ । आफ्नो मर्यादाको बारेमा वास्ता नराख्ने,चिच्याएर बोल्ने, सोच बिचार नगरी काम गर्ने अथवा बोल्न महिलासंग सधै बच्नुपर्छ । यस्ता महिलाहरु पुरुष भन्दा पनि खतरनाक हुन्छन् ।

Advertisement

चाणक्य नीति के अनुसार केही मानिस बिना कारण दुखी हुने गर्छन् । खाली नकारात्मक मात्र सोच्ने र दुखी हुने हुन्छन् । यस्ता ब्यक्तिसंग पनि दुरी बनाउदानै बेस हुन्छ । यस्ता ब्यक्ति आफै केही गर्न सक्दैनन् अरुको पनि अगाडी बढ्ने बाटो छेक्ने प्रयास गर्छन् । यस्ता ब्यक्तिको नकारात्मक बिचारबाट तपाईको प्रगतीमा बाधा पुग्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री