शुक्रबार, २१ वैशाख २०८१

सेक्स गर्ने उत्तम समय, कहिले र कसरी ? यसो भन्छ अध्ययन

समयपोष्ट २०७५ चैत ८ गते १४:४८

Advertisement

सेक्स कुन बेला राख्दा उपयुक्त हुन्छ ? सुन्दा अति सामान्य लाग्ने यो प्रश्नको उत्तर निकै सजिलो छ । मानिसलाई चाहान हुँदा दुबैजनाको सहमतिमा सेक्स जुन बेला पनि राख्न सकिन्छ ।

तर एक अध्ययनले बिहान यौन सम्बन्ध राख्नाले स्वास्थमा निकै नै फाइदा पुग्ने तथ्य सार्वजनिक गरेको छ । हेल्थ एन्ड फिटनेस कम्पनी फोर्जा सप्लीमेन्टको एक अध्ययनले विहानको समयमा यौन सम्बन्ध राख्नाले तनाव कम हुने र दिनको सुरुवात पनि राम्रो हुने देखाएको छ ।

बिशेषगरी बिहान साढे सात बजेको समय यौनको लागि बेष्ट हुँने अध्ययनले देखाएको छ । अध्ययनमा सहभागि मानिसहरुले बिहानको समय यौन सम्बन्ध राख्नाले पुरै दिन मुड फ्रेश रहने बताए । यसको एक लोजिकल कारण भनेको बिहानको समयमा पुरुषको टेस्टोस्टेरोन लेभेल निकै उच्च रहन्छ । जसले गर्दा उक्त समय यौन सम्बन्ध राख्दा निकै जोशिलो र धेरै समय टिक्ने हुन्छ ।

Advertisement

फोर्जा सप्लीमेन्ट रिसर्चमा मानिसको सर्केडियन रिदम (स्लीपरवेक साइकिल र उक्त समयको तपाईँको गतिविधि) लाई अवलोकन गर्न चाहन्थे । उनले १ हजार मानिसलाई समावेश गराएर यो अध्ययन गरेका थिए। अध्ययनकर्ताले अध्ययनमा सहभागिलाई आफ्नो दैनिक क्रियाकलाप जस्तैः व्यायाम, घरको काम, अफिसको काम र सेक्सको बेला राम्रो प्रदर्शन गर्ने गर्छन् ती सबैलाई ध्यान दिन भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री