बिहीबार, १५ चैत २०८०

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

समयपोष्ट २०७५ चैत ७ गते २०:५६

Advertisement

भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ । कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् ।

यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो । भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।

युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो । एएनआई

प्रतिक्रिया

सम्बन्धित सामाग्री