आइतबार, ६ जेठ २०८१

सात बर्षिया आराध्याको मेकअप ऐश्वर्यालाई पर्यो भारी,हेर्नुहोस् ऐश्वर्यालाई कसले के भने ?

समयपोष्ट २०७५ फागुन २८ गते १४:४२

Advertisement

सेलिब्रेटी किड्सले जे गरे पनि उनीहरुको चर्चा हुने गर्छ । आजकाल बलिउड अभिनेता अभिशेष बच्चन र ऐश्वर्या राय पुत्री आराध्याको बजारमा निके चर्चा छ । भर्खरै सात बर्षकी मात्र भएकी उनी आजकाल मेकअपका कारण ट्रोल बनिरहेकी छिन् ।

व्यवसायी तथा एसियाकै धनि मुकेश अम्बानीका छोरा आकाश अम्बानीको बिहेको रिशेप्सनमा आराध्या आफ्ना माता पितासंगै पुगेकी थिइन् ।

आराध्याको अनुहारमा मेकअप स्पस्ट देखिएको थियो । आराध्याले पहिलो पटक क्यामेराको अगाडि रमाइला पोज दिइन् । तर, उनको पोज र मेकअप अहिले ट्रोल बनिरहेको छ । उनको मेकअपको कारण ऐश्वर्यालाई गाली गरिरहेका छन्, सामाजिक सञ्जालका उनका दर्शकहरु ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘ऐश्वर्या, यति कम उमेरकी बच्चालाई कसले मेकअप गराइदिन्छ ? उनलाई उनको बचपनामा जिउन देउ ।’

Advertisement

साथै अर्का एक जनाले लेखेका छन्, ‘यी सेलिव्रेटीहरु जे पनि गर्छन् ।’ अर्काले लेखेका छन्, ‘ऐश्वर्या, हामी तपाईंलाई एक असल आमाको रुपमा हेर्छौ तर हामीलाई लाग्दैन कि यति कम उमेरकी छोरीलाई ग्ल्यामर दुनियाँमा लैजान उचित हुन्छ ।’

आकाश अम्बानीको रिसेप्शनमा अभिषेक, आराध्या र ऐश्वर्याले थुप्रै पोजमा तस्बिर खिचाएका थिए । आराध्याले तस्बिर खिचिरहेका फोटोग्राफरको नजिक गएर ‘अब पुग्यो ।’ भनेपछि सबै हासेँका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री