सेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम पनि बढ्यो
समयपोष्ट
२०७५ फागुन २७ गते १५:५०
आज सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ ।
आज नेप्से परिसुचक १४.२८ अंकले बढेर ११४२.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ७१ कम्पनीका १३ लाख कित्ता सेयर ४० करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनबेच भएको छ।
आज अन्य समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज अन्य समुह उपसुचक १.६२ अंकले घटेको छ ।
यसैगरी बाणिज्य बैंक समुह १७.१८,ब्यापार २.७,होटल १२.१४,विकास बैंक १०.१७,जलविद्युत २७.९७,फाइनान्स २.५७,र्निजिवन बीमा ७९.७२,उत्पादनमुलक ३.९६,लघुवित्त १४.२३ र जीवन बीमा समुह ६.३६ अंकले बढेका छन् ।
प्रतिक्रिया