स्पर्स लघुवित्त वित्तीय संस्थाको आइपिओमा कति पर्यो आवेदन ?
समयपोष्ट
२०७५ फागुन २७ गते १२:२५
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयरमा पहिलो दिननै ८ गुणा भन्दा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार पहिलो दिनमा नै २१ करोड रुपैयाँ बराबरको सेयर आवेदन परेको हो । कम्पनीले फागुन २६ गतेबाट १०० रुपैयाँ अंकित मूल्यमा २ करोड ५२ लाख रुपैयाँ बराबरको २ लाख ५२ हजार कित्ता साधारण सेयर जारी गरेको छ । कम्पनीले कुल निष्काशन गरेको २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये ४ हजार १४८ कित्ता कर्मचारी र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
सेयरमा न्युनतम १० कित्तादेखि १ हजार ३४० कित्तासम्म आवेदन दिन पाइनेछ ।
प्रतिक्रिया