आइतबार, ६ जेठ २०८१

जब बबी देओललाई सोनाक्षीले जुरुक्कै उठाईन्…

समयपोष्ट २०७५ फागुन २६ गते १७:४५

Advertisement

शुक्रबार नारी दिवसको अवसर पारेर अभिनेत्री हुमा कुरैशीले एक पार्टीको आयोजना गरेकी थिइन् । उक्त पार्टीमा प्रियंका चोपडा, अक्षयकुमार, ट्विंकल खन्ना, मलाइका अरोडा, सोनाक्षी सिन्हा र बबी देओल लगायतका कलाकारहरु निम्त्याइएका थिए ।

जब त्यसपार्टीमा सामेल हुन बबी देओल आइपुगे, सोनाक्षीले उनलाई अंकमाल गरिन् । त्यसपछि उनले देओललाई कम्मरमा समातेर जुरुक्कै हावामा उठाइन् । उनको त्यो पहलमानी देखेर पार्टीमा उपस्थित सबैजना चकित र रोमान्चित बनेका थिए । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री