सेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकम घट्यो
समयपोष्ट
२०७५ फागुन २६ गते १६:०४
सेयर बजार सामान्य अंकले बढेको छ । आज नेप्से परिसुचक ०.९४ अंकले बढेर ११२८.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ४० कम्पनीका ३ लाख कित्ता सेयर ९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबै भन्दा बढी सेयर नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको किनबेच भएको छ ।
आज चार समुह उपसुचकहरु बढेका छन् भने अन्य समुह उपसुचकहरु घटेका छन् । आज बाणिज्य बैंक समुह १.३४,होटल ५.५४,विकास बैंक ०.५३ र जीवन बीमा समुह ३४.८८ अंकले बढेका छन् । यसैगरी जलविद्युत समुह ०.२६,फाइनान्स ०.८९,निर्जिवन बीमा १.७,उत्पादनमुलक समुह ५.४५,अन्य १.६६ र लघुवित्त समुह १.५७ अंकले घटेका छन् ।
प्रतिक्रिया