बुधबार, ७ साउन २०८२

स्पर्श लघुवित्तको २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयरमा आवेदन खुल्यो

समयपोष्ट २०७५ फागुन २६ गते १०:५५

स्पर्श लघुवित्त वित्तीय संस्थाले आजबाट साधारण सेयर जारी गरेको छ । कम्पनीले फागुन २६ गते देखि सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ हजार ६३० कित्ता साधारण सेयर जारी गरेको हो ।

जसमध्ये ४ हजार १४८ कित्ता (०.५ प्रतिशत) लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार ४८२ (५ प्रतिशत) छुट्टाइएको छ । बाँकी २ लाख ५२ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन्।

साधारण सेयरमा न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि अधिकतम एक हजार ३४० कित्ता अर्थात एक लाख ३४ हजार रुपैयाँसम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको छ ।

कम्पनको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओ छिटोमा फागुन २९ गते बन्द हुनेछ भने आवश्यक माग नपरेको खण्डमा भने चैत २५ गतेसम्म आवेदन खुला रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री