आइतबार, ६ जेठ २०८१

शाहरुख खानकी छोरीको भिडियो भाइरल

समयपोष्ट २०७५ फागुन २५ गते १३:२८

 

अभिनेता शाहरुख खानकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन ।

सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन् । पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ ।

Advertisement

 

उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन् । यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ । जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरिरहेका छन् ।

यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ । जहाँ उनी अभिनय र फिल्मी क्षेत्रका विभिन्न कोर्स सिकिरहेकी छन् । खबरअनुसार उनी छिट्टैनै बलिउड डेब्यु गर्दै्छिन् । तर पिता शाहरुख खान भने यो कुरामा सत्यता नभएको बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री