आइतबार, ६ जेठ २०८१

छविराज ओझाको खुलासा : शिल्पासंग मेरो बिहे भैसक्यो

समयपोष्ट २०७५ फागुन २४ गते १६:५२

Advertisement

चलचित्र निर्माणको क्षेत्रमा ‘बाघ’ उपनामले परिचित निर्माता हुन् -छविराज ओझा । उनी ढल्कँदो उमेरमा पनि पटकपटक चर्चामा आईरहन्छन् । चर्चाको कारण भने चलचित्र होइन, चलचित्रमा मुख्य भूमिका निर्वाह गर्ने नायिका हुने गर्छन् ।

लामो समय चर्चित नायिका रेखा थापासँग नाम जोडिएका ओझा अहिले शिल्पासँगको प्रेमालापका कारण चर्चामा छन् । उनलार्इ अहिले सबैले एउटै प्रश्न गर्छन् -‘शिल्पालाई कहिले भित्र्याउने हो ?’

ओझाले शिल्पासँगको बिवाह बारेको प्रश्नको उत्तर अहिले आएर खुलाएका छन् । आफु र शिल्पाको बिहे भइसकेको उनले खुलासा गरेका हुन् ।

उनले एक कार्यक्रमलाई अन्तर्वार्ता दिँदै शिल्पासँग बिवाह भइसकेको बताएका छन् । ओझाले आफुहरु ५ बर्षदेखि सँगसँगै बस्दै आएको पनि बताएका छन् ।

Advertisement

बिहे गरेको फोटो सार्वजनिक गर्न भने डराएको उनको भनाई छ । उनले भनेका छन्, ‘छविराजसँग शिल्पाको बिवाह भएको फोटो सार्वजनिक गर्दा धेरैले मलाई कत्ति बिहे गर्दो रहेछ भनेर आरोप लगाउन सक्छन् ।’ यही डरका कारण सार्वजनिक नगरेको उनको दावी छ ।

अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘शिल्पासँग मेरो ५ वर्ष अगाडि फिल्म ‘लज्जा’ को बेला भेट भएको हो । त्यसबेलादेखि हामी सँगसँगै छौँ । आफुले बिहेको पार्टी नदिने तर, शिल्पाले दिन चाहेमा भने मलाई कुनै समस्या हुने छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री