बुधबार, ७ साउन २०८२

माउन्टेन हाईड्रो साधारण सेयर आजबाट खुल्यो

समयपोष्ट २०७५ फागुन २३ गते १२:१३

माउन्टेन हाईड्रो नेपाल लिमिटेडले १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको छ ।

आजबाट जारी गरिएको कूल १८ लाख १६ हजार ११० कित्ता साधारण सेयर मध्ये १७ लाख ३९ हजार ७८८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको १२ लाख ५० हजार कित्ता र आयोजना प्रभावित बासिन्दाका लागि यसअघि जारी गरेर अवितरित ५ लाख ६६ हजार ११० कित्ता गरि कूल १८ लाख १६ हजार ११० कित्ता आईपिओ निष्काशन गरेको हो ।

साधारण सेयरमा न्युनतम ५० कित्तादेखि ८० हजार कित्तासम्म आवेदन दिन सकिने छ।

निष्काशन गरिएको कूल सेयरमध्ये दुई प्रतिशत बराबरको ३६ हजार ३२२ कित्ता कर्मचारीहरु र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ ।

हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीको लागि निष्काशन गरेको १२ लाख ५० हजार कित्ता आईपिओमध्ये ५ लाख ६६ हजार ११० कित्ता सेयर बिक्री भएको थिएन ।

लगानीकर्ताले सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

आईपिओ फागुन २८ गते बन्द हुनेछ भने यस अवधिमा माग अनुसार आवेदन नपरेमा चैत २२ गतेसम्म आवेदन खुला रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री