मंगलबार, ११ कार्तिक २०८२

‘स्वेच्छाले बीमा गर्ने वातावरण बनाउन अग्रसर हुनुपर्छ’

समयपोष्ट २०७५ फागुन २१ गते १८:५२

Advertisement

सानिमा जनरल इन्स्योरेन्सको अवस्था कस्तो छ ?

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको अवस्था सन्तोषजनक छ । हाम्रो सानिमा जनरल इन्स्योरेन्सको परिवारको सङ्ख्या ७० माथि पुगिसकेको छ । देशको पूर्वदेखि पश्चिमसम्म हाम्रो शाखा सञ्चालन भइसकेको छ ।

बीमालाई अनिवार्य बनाउन के गर्नुपर्छ ?

बीमालाई अनिवार्य बनाउनुभन्दा पनि हामीले बीमाको जनचेतना जगाई बीमाको आवश्यकता बझाउनु जरुरी छ । ग्राहकले बीमाको महत्व बुझेर स्वेच्छाले बीमा गर्ने वातावरण बनाउन अग्रसर हुनुपर्छ । बीमाको जनचेतना कम भएको अवस्थामा यसलाई चिर्नका लागि बीमासम्बन्धी जनचेतना बढाउनका लागि हामीले सक्दो प्रयास गरिरहने छौँ । नियामक निकाय बीमा समितिले पनि यस कार्यमा अग्रसरता लिइरहेको छ । यसका लागि तालिम प्राप्त अभिकर्ता तथा कर्मचारीहरू बीमितको घरदैलोमा पुर्याउने काम गर्दै आएका छौँ ।

Advertisement

हामी सबैलाई थाहा नै छ, हाम्रो देश भूकम्प, बाढी, पहिरोको उच्च जोखिममा रहेको मुलुक हो । नेपालीले महसुस गर्दै आएको यो तीतो सत्यलाई जनमानसमा जगाउने कार्य जति सरल र छिटो गर्न सकियो, त्यति नै बीमा क्षेत्रको आवश्यकता अझै महसुस हुने हो । हामीले बीमाको महत्व बुझाउनुका साथै कम्पनीमा प्राप्त बीमा दाबीलाई सरलरूपमा भुक्तानी गरिरहेका छौँ, जसबाट ग्राहकको सन्तुष्टि बढ्न गई भविष्यमा बीमा क्षेत्रपट्टि उनीहरूको आकर्षण अवश्य बढ्ने छ ।

नेपालको बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ । बीमालाई पहिलो रोजाइ गराउन के गर्नुपर्छ ?

दक्ष जनशक्तिको अभाव महसुस भएकाले नै कम्पनीहरूले कर्मचारी तथा अभिकर्ताको लागि नियमित तालिम सञ्चालन गर्दै आएका छन् र भविष्यमा यसलाई अभिकृत गर्दै जाने बीमा समिति तथा कम्पनीहरूको लगानीमा बीमा तालिम केन्द्र स्थापना भई सञ्चालनमा आएको छ । त्यसले पनि भविष्यमा आवश्यक पर्ने बीमा क्षेत्रमा जनशक्तिको अभावलाई परिपूर्ति गर्न सहयोग पु¥याउने छ ।

प्रतिस्पर्धा बढेसँगै विकृति पनि देखिन्छ, प्रतिस्पर्धासँगै जिम्मेवार र मर्यादित बनाउन के गर्नुपर्छ ?

आवश्य पनि बाहिरबाट केही विकृति देखिएको छ । वैदेशिक रोजगार बीमामा देखिएको समस्यालाई निवारण गर्नका लागि हालै मात्र बीमा समितिको पहलमा नेपालमा रहेका सम्पूर्ण जीवन बीमा कम्पनीको हिस्सा रहने गरी नेपाल मार्केट पुलको व्यवस्था भइसकेको छ । अबका दिनमा वैदेशिक रोजगार बीमामा रहेका समस्या निवारण भएको छ । जहाँसम्म यातायात कार्यालयमा तेस्रो पक्ष बीमाको लागि बीमा कम्पनीबीचको प्रतिस्पर्धाको सवाल छ, त्यसमा हामीले स्वच्छ वातावरणमा सञ्चालन गर्ने व्यवस्था मिलाएका छौँ र यसै पनि नेपाल बीमक सङ्घ र बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको बीचमा तेस्रो पक्ष बीमा पुलको अवधारणाको सन्दर्भमा प्रारम्भिक कार्य अगाडि बढेको छ । आशा छ, निकट भविष्यमा यो समस्याको पनि पूर्ण समाधान हुनेछ ।

कम्पनीका आगामी योजना के छन् ?

शाखा सञ्जालको विस्तार, कर्मचारी तथा अभिकर्र्ताहरूको समय सापेक्ष तालिमको व्यवस्था, बजारको आवश्यकता अनुसारको नयाँ बीमा योजनाको विस्तार, दाबी प्रक्रियालाई अझै सरलीकृत गरी ग्राहकको सन्तुष्टिमा अभिवृद्धि गरी बीमा सेवाको पहँच नपुगेका क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री