शनिबार, ५ जेठ २०८१

प्रियंकाले युवतीलाई प्याड प्रयोग गर्न सिकाएपछि आयुष्मानले के भने ?

समयपोष्ट २०७५ फागुन २१ गते १६:०८

Advertisement

केही समय अघि मात्र खानेपानी मन्त्रालयद्धारा महिनावारी स्वच्छता दूतमा नियुक्त गरिएका कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी धनुषा पुगेका छन् ।

आयंका फाउण्डेशनले जिल्लाका तीन विद्यालयमा निर्माण गरेको महिलामैत्री शौचालय हस्तान्तरण गर्न पुगेका उनीहरुले त्यहाँ महिनावारी बारे खुलेर कुरा गरे ।

‘न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी’ लेखिएको टिर्सट लगाएर कार्यक्रममा उपस्थित भएका उनीहरुले महिला सचेतनामा आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा नायिका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कारको विकास भइनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा ध्यान दिन आग्रह गरिन् ।

Advertisement

कपडाबाट बनेको त्यस प्याडलाई धोएर एक वर्षसम्म प्रयोग गर्न मिल्ने उनले बताइन् । एउटा झोलामा चार थान प्याड, दुई थान अन्डरवेयर, साबुनलगायतका सामग्री रहेको उनले जानकारी दिइन् ।

कार्यक्रममा उनले प्याड प्रयोग गर्ने तरिकासमेत छात्राहरुलाई सिकाएकी थिइन् ।

यस्तै, नायक आयुष्मान देशराज जोशीले महिनावारी लाज र महिलाको मात्र विषय नभएको बताए ।

महिनावारी भएको समयमा महिलाको पीडा कम गर्न पुरुषले पनि सहयोग गर्नु पर्नेमा जोड दिए ।

आयंका फाउण्डेशनले फाउण्डेशनले हरेक विद्यालयमा दुईवटा शौचालय, फल दिने ९ वटा बोटबिरुवा, २ थान डस्टबिन, सय थान ब्याग र ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याड पनि वितरण गरेको छ । धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा एक कार्यक्रमकाबीच उक्त सामग्री वितरण गरिएको हो ।

आयंका फाउण्डेशनको तर्फबाट यो पहिलो सामाजिक काम हो । फाउण्डेशनलाई शौचालय निर्माणमा पञ्चकन्या ग्रुपले सहयोग गरेको छ भने प्याड वितरणमा केजीएच ग्रुपले सहयोग गरेको हो । यस्तै, झोला, डस्टविन र बिरुवालगायतका सहयोग सामग्री प्रियंका र आयुष्मानले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री