बुधबार, ७ साउन २०८२

पाँचथर पावर कम्पनीको आइपिओमा कति पर्यो आवेदन ?

समयपोष्ट २०७५ फागुन १७ गते १७:४०

पाँचथर पावर कम्पनीको साधारण सेयरमा माग भन्दा दोब्बर २.१५ गुणा बढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार ८१ हजार ८१० जनाले ३५ करोड १ लाख ८७ हजार रुपैयाँ बराबरको ३५ लाख १ हजार ८७० कित्ता आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणका लागि १७ करोड ५० लाख २५ हजार रुपैयाँ बराबरको १७ लाख ५० हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।

त्यसमध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयर फागुन १३ गते देखि बिक्रीमा ल्याएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री