शुक्रबार, १४ वैशाख २०८१

वैदेशिक रोजगारीले ल्याएको विकृति,अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच

समयपोष्ट २०७३ चैत १७ गते २:५५

 मध्य तराईका जिल्लामा वैदेशिक रोजगारीका कारण विकृति बढ्नुका साथै हत्याहिंसाका घटनासमेत बढेका छन् । अधिकांश हत्याहिंसाका घटनामा अनैतिक यौन सम्बन्ध र सम्पत्तिको लालच देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Advertisement

२०७३ कार्तिक २६ गते जनकपुर उपमहानगरपालिका रजौलका श्रीराम ठाकुरको हत्या भयो । वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै श्रीमती नितु मिश्रको मिलेमतोमा ठाकुरको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
हत्याको कारण अनैतिक सम्बन्ध र आर्थिक लोभ रहेको धनुषाका प्रहरी उपरीक्षक मनोज यादव बताउँछन् । यस्तै पुष २९ गते महोत्तरी हतिसर्वा संग्रामपुरका अञ्जनीकुमार मिश्रको पनि वैदेशिक रोजगारीबाट फर्केको केही दिनमै हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मिश्रकी श्रीमती ज्योतिसहित फिरोज कवाडी, गंगाराम दास, तुफान नट र कुवेर राउतलाई पक्राउ गरेको छ । यौन सम्बन्ध र सम्पत्तिको लालचकै कारण घटना भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक शालिग्राम पौडेल बताउँछन् ।

वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश युवाले श्रीमतीलाई घर छाडेर जानुपर्ने बाध्यता र घरमा रहेकी महिलालाई घरपरिवारले माया प्रेम नदिनु, उसको भावनाको कदर नगर्नु, यौन तृष्णा तथा आर्थिक लेनदेनका कारण समेत विभिन्न आपराधिक घटना हुने गरेको प्रहरी अनुसन्धानले देखिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री