शुक्रबार, १६ चैत २०८०

अण्डाको उत्पादन घट्दा मूल्य बढ्यो,अब एउटै अण्डाको पन्ध्र रुपैयाँ

समयपोष्ट २०७३ चैत १६ गते ६:१०

नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य बढाएको छ । माग बढे पनि अण्डाको उत्पादन नबढेको भन्दै संघले मूल्य बढाएको हो । उपभोक्ताले अब खुद्रा मूल्य प्रतिगोटा १५ रुपैयाँ तिर्नुपर्ने अण्डा उत्पादक संघले जनाएको छ । संघले यस अघि ‘मिडियम अण्डा’को मुल्य प्रतिक्रेट २ सय ७० रुपैयाँमा ४५ बढाएर फार्म मूल्य ३ सय १५ र विक्री मूल्य ३ सय २० निर्धारण गरेको छ । त्यस्तै, संघले ठूलो अण्डाको फार्म मूल्यमा पनि यसअघिको ३ सय २० रुपैैयाँमा २५ बढाएर ३ सय ४५ रुपैैयाँ तथा विक्री मूल्यमा ३ सय ५० निर्धारण गरेको छ।

Advertisement

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री