मंगलबार, ११ वैशाख २०८१

परम्पराको नाममा महिला माथि हुनेगर्छ यस्तो,सुन्दै मुटु काम्ने 

समयपोष्ट २०७३ चैत १४ गते ८:३१

संसारमा विभिन्न प्रकारका मानिसको बसोवास रहिआएको छ । फरक धर्म, संस्कृती,सभ्याता भएका मानिसहरुले महिलाहरु माथि संस्कार र परम्पराको नाममा गर्ने क्रियाकलापको बारेमा थाहा पाउँदा जो कसैको पनि मुटु एक पटक थरर काप्छ । केही यस्तै परम्परा मध्ये पुर्वि अफ्रिकाका जनजातीहरुले परम्पराको नाममा केटीहरुको योनी सिलाउँने गर्छन् । छोरी अलि जान्ने बुझ्ने हुँने वित्तिक्कै उसले विवाह पहिले कुनै केटासंग शारिरिक सम्बन्ध कायम गर्न नसकोस् भन्नाका खातिर यहाँका जनजातीहरुले छोरीहरुको योनी सिलाउँने गर्छन् । योनीमा पिसाव गर्न र महिनावारीको समयमा रगत बग्न दिनको लागि सानो प्वाल मात्र राखिएको हुन्छ । योनी सिलाउँदा कर्यौ केटीहरु इन्फेक्सनको सिकार समेत हुनेगर्छन् । विवाह पछि उनीहरुको सिलाई खोल्दिने गरिन्छ । 

Advertisement

घानामा विधवा महिलाहरुलाई उनीहरुको आत्मा शुद्धिको लागि परपुरुषसंग एक रात राख्ने गरिन्छ । एक रात बस्दा उनीहरुले आफ्नो मनलाई नियन्त्रण गर्न सके उनीहरुको आत्मा पवित्र हुँने जनविश्वाछ छ । 

पपुवा न्यु गिनिमा बच्चाहरुलाई सेक्सको लागि पुर्ण स्वतन्त्रता छ । यहाँ दश देखि बाह्र बर्षिया केटाले ६ बर्ष माथिका केटीहरुसंग सम्बन्ध राख्न सक्छन् । यहाँ विवाह भन्दा पहिले सेक्स राख्ने छुट छ तर विवाह भन्दा पहिले खानेकुरा साट्ने छुट छैन ।  

क्यामरुन ,नाईजेरिया र साउथ अफ्रिकाको केही क्षेत्रमा महिलाहरुको स्तनमा तातो ढुंगाले डाम्ने चलन छ । महिलाहरुको स्तन ठूलो हुँनबाट रोक्न यस्तो गरिन्छ । स्थानीयहरु स्तन सानो हुँदा पुरुषहरुको ध्यान महिलाहरुमा कम पर्ने र छोरीहरुलाई स्कुल पठाउँन सहज हुँने बताउँछन् । आमाहरुलेनै छोरीहरुलाई यसो गर्न तयार गर्ने गर्छन् । 

भारत र पाकिस्तानका सिया मुसलमानका दाउँदी बोहोरा समुदायका महिलाहरुको (खतना) प्रजनन् अंगलाई काटिदिने गरिन्छ  । यस समुदायका केही मानिसहरु बसाई भारतको मुम्बईमा पनि छ । यसरी प्रजनन् अंग काटेपछि उनीहरुको सरसफाईमा पनि ध्यान दिईदैन ।

सुमात्राका मेन्तावेन्स जनजातीका महिलाहरुको दाँतमा ब्लेड लगाउँने गरिन्छ । यसो गर्दा दाँत अधिक सुन्दर हुँने र यस्ता महिलासंग पुरुषहरु खुसि हुँने बताईन्छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री