शनिबार, ८ वैशाख २०८१

एनसेलले ३० मुलुकको कल शुल्क घटायो , प्रतिमिनेट १.९९ रूपैयाँ मात्र

समयपोष्ट २०७३ चैत १४ गते ५:२१

जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले लोकल कलको दरमा विभिन्न ३० मुलुकहरुमा कुरा गर्न सकिने नयाँ योजना ल्याएको छ । एनसेलका सबै ग्राहकले सोमबारदेखि यो सेवाको लाभ उठाउँन सक्नेछन् ।  

Advertisement

यो योजना अन्तर्गत ग्राहकले कर बाहेक मात्र रु १.९९ प्रतिमिनेटमा  ३० मुलुकमा कुरा गर्न सक्नेछन् । १५ दिनसम्म लागु हुनेछ यस योजनामा एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले भागलिन सक्नेछन् र लोकल कल सरह विदेशमा कुरा गर्न सक्नेछन् ।

यो योजना भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेन, न्युजिल्यान्ड लगायतका देशहरुकालागि लागु हुनेछ । हाल यी देशहरुका लागि शुल्क प्रतिमिनेट कर बाहेक रु १.९९ देखि रु ४८.९९ सम्म रहेको छ जस्तै अमेरिकाको लागि प्रतिमिनेट रु १.९९ र अस्ट्रेलियाको लागि प्रतिमिनेट रु १५ रहेको छ ।

यो अफर अन्तर्गत सबै ३० मुलुकका लागि शुल्क कर बाहेक प्रतिमिनेट रु १.९९ कायम गरिएको छ । यो अफरको लाभ लिनका लागि एनसेलका ग्राहकले एस्टि्रक्स १७१०७ हृयास डायल गरी योे योजनामा निःशुल्क सहभागी हुन सक्नेछन् । साथै ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर वा १७१०७ मा डायल गरी प्राप्त जानकारी अनुसार पनि योे योजना सुचारु गर्न सक्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री