शुक्रबार, १४ वैशाख २०८१

चीन भ्रमणपछि तातोपानी भन्सार नाका खुल्छ :प्रधानमन्त्री

समयपोष्ट २०७३ चैत ९ गते ७:४७

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले चीन भ्रमणपछि तातोपानी भन्सार नाका खुल्ने बताएका छन् ।  बुधबार बिहान तातोपानी भन्सार नाका खुलाउन कूटनीतिक पहल गरिदिन आग्रह गर्दै बालुवाटार पुगेका नेपाल ट्रक कन्टेनर व्यवसायी संघका पदाधिकारीसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले आफनो चीन भ्रमणको मुख्य एजेन्डा नै तातोपानी भन्सार नाका खुलाउने र अरनिको राजमार्ग विस्तार गर्ने चीनसँगको सम्झौता कार्यान्वयनमा लैजाने बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री दाहाल बिहिबारबाट चीन भ्रमणमा जाँदैछन् । सोही भ्रमणका क्रममा तातोपानी भन्सार नाका खुलाउन र अरनिको राजमार्ग विस्तार गर्ने सम्झौता कार्यान्वयन गर्न चिनियाँ राष्ट्रपति समक्षनै कुरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरे । उनले तातोपानी नाका नेपाल–चीन सम्बन्धको आधार तथा नेपालको आर्थिक समृद्धिको पनि आधारमा भएकाले यसबारे सरकार बेखवर हुने कुरै नआउने पनि उल्लेख गरे । प्रधानमन्त्री दाहालले तातोपानी भन्सार नाका खुलाउने विषयलाई परराष्ट्र मन्त्रालयले पनि उच्च प्राथमिकता दिएको र आफूले पनि पटक पटक चिनियाँ दुतावासमार्फत सो समस्या समाधानका लागि पहल गरिरहेको जानकारी दिए । 

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि तातोपानी भन्सार नाका बन्द हुन गएको थियो। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री