बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंकको हकप्रदमा कहिलेसम्म आवेदन दिन सकिन्छ ?

समयपोष्ट २०७३ चैत ९ गते ६:३७

सिटिजन्स बैंक इन्टरनेशनलले २५ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकले १सय रुपैयाँ अंकित दरका १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता शेयर जारी गर्न लागेको हो । लगानीकर्ताले १०० कित्ता बराबर २५ कित्ताको अनुपातमा शेयर भर्न पाउँछन् ।

Advertisement

चैत २४ गतेबाट जारी हुने शेयरमा बैशाख २७ गतेसम्म आवेदन दिन सकिन्छ । बैंकको निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । बैंकको शेयर फागुन २४ गतेसम्म कायम शेयरधनीले भर्न पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री