बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्रीले भने-चुनाव सफल पार्न सबै आफ्नो ठाउँवाट जुटौ

समयपोष्ट २०७३ चैत ८ गते ५:३६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गरेका छन् । मंगलबार शिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चुनाव घोषणा भई सिंगो देश चुनावमा जुटिसकेको अवस्थामा चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गरेका हुन् । 

Advertisement

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न सबैलाई आग्रह गर्दे अवसरवादीहरुले मात्र चुनाव हुन्न कि भनेर आशंका गर्ने बताए । प्रधानमन्त्रीले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीर रुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको उल्लेख गरे ।  प्रधानमन्त्रीले बिहीबार हुनलागेको चिन भ्रमणको बारेमा जानकारी दिदै चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने विश्वास ब्यक्त गरे । प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी समेत दिए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री