शुक्रबार, १६ चैत २०८०

स्थानीय तहमा मार्स लागू गरिने

समयपोष्ट २०७३ चैत ५ गते ९:५५

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहमा नगरपालिका प्रशासन र राजस्व प्रणाली (मार्स)लागू गर्ने भएको छ । स्थानीय तहमा सूचना प्रविधिको विकास,विस्तार गर्ने र वित्तीय जोखिम न्यूनीकरण गरी सुशासन कायम गर्न आगामी आर्थिक वर्षदेखि मार्स लागू गरिने भएको हो । 

Advertisement

स्थानीय तहमा सुशासन लगायतमा प्रभावकारिता ल्याउन संविधानको धारा २९५(३) अनुसार मार्स लागू गर्न लागिएको मन्त्रालयले जनाएको छ । हाल यो प्रणाली काठमाडौँ महानगरपालिकामा नूमनाको रूपमा प्रभावकारी रूपमा लागू भइरहेको छ । आउँदो आर्थिक बर्ष देखि भने सबै स्थानीय तहमा यो प्रणाली लागू गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय तहमा एफमास, बिएमपिएस,आरएमएस,एचआरएमएस, एफएए, सिआइएस, डिएसएस, ओएमएस र एमआइएस मोड्युलका सफ्टवेयर खरिद नगर्न सर्कुलर गरिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री