शुक्रबार, १६ चैत २०८०

हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट शनिबारदेखि,विजेतालाई हुन्डाइको ग्राण्ड आइ टेन उपहार

समयपोष्ट २०७३ चैत २ गते ८:१९

नेपालको लागि हुण्डार्ई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०१७ आयोजना गर्ने भएको छ । टुर्नामेन्ट आगामी शनिबारदेखि गोकर्ण गल्फ क्लवमा सुरु हुँदैछ ।  

Advertisement

यस टुर्नामेन्टमा नेपालका सय गल्फर्सहरुले प्रतिस्पधा गर्नेछन् । यस टुर्नामेन्टमा  टाइटल विनर, फस्ट रनर अफ, सेकेन्ड रनर अफ, बेस्ट ग्रोस, लेडिज विनर, ६० वर्षभन्दा माथिका विजेता, हुन्डाइ ओनर क्याटागोरिज विनर, लंगेष्ट ड्राइभ लगायतका विधामा पुरस्कार दिइने छ । यसका साथै होल इन वन विजेतालाई उपहार स्वरुप हुन्डाइको ग्राण्ड आइ टेन गाडी प्रदान गरिने कम्पनीले जनाएको छ । 

हुन्डाइले विश्वभर नै गल्फखेलको विकास र प्रबर्धन गर्ने हेतुले बिभिन्न गल्फ टुर्नामेन्ट प्रायोजन गर्दै आएको छ । जस मध्ये पिजीए टुरको टुर्नामेन्ट अफ द च्याम्पियन एक विश्व प्रतिष्ठित टुर्नामेन्ट हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री