मंगलबार, ११ वैशाख २०८१

इमर्जिङ नेशनल कपका लागि खेलाडी छनौट,खेल मार्च २५ देखि बंगलादेशमा  हुने

समयपोष्ट २०७३ चैत २ गते ७:२६

आगामी मार्च २५ देखि बंगलादेशमा  हुने एसिसी इमर्जिङ नेशनल कपका लागि नेपाली खेलाडी छनौट भएका छन् ।  ज्ञानेन्द्र मल्लको कप्तानीमा बैकल्पिकसहित १९ खेलाडी छनौट भएका हुन् । मुख्य प्रशिक्षक जगत टमाटा,आइसीसीका प्रतिनिधि र पारस खड्का सम्मिलित ३ सदस्यीय छनौट समितिले खेलाडी छनौट गरेको हो । छनोट भएका खेलाडीहरूमा अधिकांश खेलाडी आइसिसी विश्व क्रिकेट लिगमा केन्याविरूद्ध खेलेका खेलाडी समावेश छन्।

Advertisement

इमर्जिङ कपमा टेष्ट र एसोसियट गरि आठ टोलीको सहभागिता रहने छ । एकदिवसीय फर्म्याटमा हुने प्रतियोगितामा टेष्ट राष्ट्रबाट भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाको यु २३ टोलीले सहभागिता जनाउनेछन् । त्यस्तै एसोसियटमा नेपालसहित, अफगानिस्तान, हकङङ र युएईका राष्ट्रिय टोलीको सहभागिता रहने छ । छनौटमा परेका खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल (कप्तान),शरद भेसवाकर (उपकप्तान),बिनोद भण्डारी,सागर पुन,मोहम्मद आरिफ शेख,मेहबुब आलम,दीपेन्द्र सिंह ऐरी,सन्दिप लामिछाने,अभिनाश कर्ण,सुनिल धमला,भुवन कार्की,सुसन भारी,दीपेश श्रेष्ठ,दिलीप नाथ रहेका छन् । त्यस्तै बैकल्पिक खेलाडीहरुमा कुशल भुर्तेल,जितेन्द्रकुमार मुखिया,राजेश पुलामी मगर र सुशील कँडेल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री