बिहीबार, १३ वैशाख २०८१

इन्द्र बानियाँले पाए गृहराज्यमन्त्रीको जिम्मा

समयपोष्ट २०७३ फागुन ३० गते ७:३५

नेपाल सरकारको गृहराज्यमन्त्रीको  जिम्मा कांग्रेस सांसद इन्द्र बानियाँले पाएका छन् । यसअघि कांग्रेसबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी  पाएका बानियाँले राप्रपामा सरेपछि  गृहराज्यमन्त्रीको  जिम्मेवारी  पाएका हुन् । भारत भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीलाई भेट्न पुगेका गृहमन्त्री विमलेन्द्र निधीले सोमबार बिहान बानियाँलाई गृहराज्यमन्त्री बनाउने कांग्रेसको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए । यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री